कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

spa1
Nisharg hospital

धनगढी । कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

swostik

सोमबार जिल्लाको भिमदत्त नगरपालिका—१८ जानकी टोल र भिमदत्त नगरपालिका—४  का १८ बर्षिय दुई किशोर पक्राउ परेका हुन् ।

kailali model

भिमदत्त नगरपालिका—१८ जानकी टोलमा लागुऔषधको कारोबार तथा सेवन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरको घरको कोठामा खानतलासी गर्दा भेन्टिलेसनमा लुकाई छिपाई राखेको अवस्थामा ०.१५ ग्राम लागुऔषध (खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ) सहित दुबै जनालाई नियन्त्रणमा लिइ सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

adv khaptad

यस्तै, सोमबार नै भिमदत्त नगरपालिका—१८ जानकी टोल स्थित लागूऔषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा २८ वर्षिय शंकर दत्त जोशीको घरमा खानतलासी गर्दा फेनारगन ६६ पिस र ऐक्सो जेसिक ६१ पिस सहित जोशी र सोही ठाउँ वस्ने २१ वर्षिय ईमानुयल राइ समेत दुइ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...