
धनगढी । कञ्चनपुरमा ६ लाख बढिका अवैध सामान बरामद गरिएको छ ।

जिल्लाको बेलौरी नगरपालिका—२ दिनापुर र बैजुडाडा, बेलौरी—४ बेलौरी स्थित, पुनर्वास नगरपालिका—९ हरियालिटोल र बेलौरी—१० चकमलि बजार सहित बिभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ६ लाख ४३ हजार ६४० मुल्यको अवैध सामान बरामद गरिएको छ ।
उक्त मुल्य बराबरको पेय पदार्थ, प्राउन, मैदा, पानीपुरी, बिंडी, सुर्ती, पटाका, साबुन, चक्लेट, कुरकुरे, छाता, चियापत्ति, मेहेन्दी, डाटा केवल, कप सेट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु सोमबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
