एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

Seti
arth ok

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाएको छ ।

Nisharg hospital

कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनले असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने गरी अरु आवश्यक कामलाई तीव्र पारिएको बताए ।

५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको छ । गएको वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष अलि छिटो नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...