कैलालीका मास्टर विस्फोटक पदार्थ बनाउनतिर, विद्यार्थी घाइते हुँदा खुल्यो पोल

spa1
Nisharg hospital

धनगढी । कैलालीमा पढाउँदै आएका एक शिक्षक अवैध रुपमा विस्फोटक पदार्थ बनाउने काममा संलग्न रहेको खुलेको छ ।

कञ्चनपुरको वेदकोट नगरपालिका–२ घर भएर कैलालीको लम्कीको आर्दश नमुना माध्यमिक विद्यालय र बसन्त मुरारी माध्यमिक विद्यालयमा पढाउदै आएका शिक्षक हरेन्द्र भण्डारी यस्तो काममा लागेको पाइएको हो ।

kailali model

भण्डारीका छिमेकी समेत रहेका विद्यार्थी रुपेश धामीलाई बिस्फोटक पदार्थ बनाउन प्रयोग गर्दै आएका थिए । विस्फोटक पदार्थ बनाउने बेला धामी घाइते भएपछि शिक्षक भण्डारीको कर्तुत पर्दाफास भएको हो ।

adv khaptad
swostik

घाइते विद्यार्थी बैजनाथ माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययन गर्दै आएका थिए । शिक्षक भण्डारीले बिस्फोटक पदार्थ बनाउन प्रयोग गर्दा पड्किएर धामी गम्भिर घाईते भएको पारीवारिक सोतले जनाएको छ ।

धामीका बाजे ध्वज ठकुल्लाले शिक्षक भण्डारीले घरमा आँपखेती गरेको ठाउँमा जनावर चराचुरुङगी धपाउन बिस्फोटक पदार्थ प्रयोग गर्दै आएको बताए ।

भण्डारीले नाती रुपेशलाई बिस्फोटक पदार्थ बनाउन प्रयोग गर्दा एक्कासी पड्किएर घाइते भएको उनको भनाई थियो । धामीको धनगढीमा उपचार भइरहेको छ भने शिक्षक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश जोशीले शिक्षक भण्डारीलाई नियन्त्रणमा घटनाबारे अनुसन्धान भईरहेको जानकारी दिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...