मुख्यमन्त्री कार्यालयका शाह : नक्कली शैक्षिक प्रमाणपत्रको भरमा शाखा अधिकृतसम्म

lok8

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा कार्यरत शाखा अधिकृत (सातौं तह) विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै मुद्धा दायर गरिएको छ ।

Nisharg hospital

अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा कार्यरत शाखा अधिकृत लक्ष्मण शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्दै विशेष अदालतमा मंगलबार मुद्धा दायर गरिएको जनाएको छ । शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको भन्दै झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर जागिर खाएको खुलेको अख्तियारको दाबी छ ।

शाहले निजामती सेवाको कम्प्युटर अपरेटर पदमा सुरु प्रवेश गरी बढुवा भएर हाल शाखा अधिकृत (सातौं तह) मा बहाल रही निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारको ठहर छ ।

शाहलाई उक्त कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिएर आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारको विज्ञप्ति

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीमा कार्यरत शाखा अधिकृत (सातौं तह) लक्ष्मण शाह उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


 

प्रेस विज्ञप्ति:- मिति २०८१।०२।२९ गते।
——————————————
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीमा कार्यरत शाखा अधिकृत (सातौं तह) लक्ष्मण शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज शाखा अधिकृत (सातौं तह) लक्ष्मण शाहले माध्यमिक शिक्षा परिषद्‍, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा तथा लाभ प्राप्त गर्ने उद्देश्यले निजामती सेवाको कम्प्युटर अपरेटर पदमा सुरु प्रवेश गरी बढुवा भई हाल शाखा अधिकृत (सातौं तह) मा बहाल रही निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई उक्त कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
नरहरि घिमिरे

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...