धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका–१ कट्टीपुरमा से ६ प ३४०५ नम्बरको मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पूर्ण न्यौपाने घाइते भएको प्रहरीले जनाएको छ ।
उनी बर्दगोरिया गाउँपालिका–२ का बासिन्दा हुन् । साइकलमा यात्रा गरिरहेका न्यौपाने घाइते भएपछि स्थानीय अस्पतालमा उपचार जारी छ । मोटरसाइकल चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।