
धनगढी । कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका—७ जोख्खर तालमा धनगढी उपमहानगरपालिका—१६ बस्ने २६ वर्षिय किरण जोशी, ३१ वर्षिय अकिंत चौधरी र धनगढी—६ बस्ने २६ वर्षिय रामभजन राना बुधबार लागूऔषधसहित पक्राउ परेका हुन् ।
उनिहरुको साथबाट २०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ) र उनिहरु सवार मोटरसाइकल १ थान बरामद गरिएको छ ।

पक्राउ परेका ३ जना मध्ये रामभजन राना जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ लाख ४९ हजार ३७५ रुपैयाँ जरिवाना तोकिइ फरार रहेको फरार प्रतिवादी समेत रहेका र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
