
धनगढी । कैलाली र कञ्चनपुरबाट भान्सार छलिका अवैध सामान बरामद गरिएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका—२ मोतिपुर स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५७ हजार २९० मुल्य बराबरको बिडी, सुर्ती, आन्टी, पास्ता लगायतका सामानहरु इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका—८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य १९ हजार६१५ मुल्य बराबरको चिनी, बिडी, पेय पदार्थ, खानेतेल, बिस्कुट, नमकिन, चक्लेट, मेहेन्दी, कुरकुरे लगायतका सामानहरु प्रहरी चौकी पचुँई, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।
