
धनगढी । कैलालीमा झण्डै दुई लाखको अवैध सामान बरामद गरिएको छ ।

बिहीबार जिल्लाको धनगढी उपमहानगरपालिका—७ मनेहरा, टिकापुर नगरपालिका—६ बेलुवा स्थित भित्रि सडक खण्ड, भजनी नगरपालिका—३ कनैयापुर र भजनी—८ खैराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ९९ हजार ६ सय मुल्यको अवैध सामान बरामद गरिएको हो ।

उक्त मुल्य बराबरको चिनि, बिडी, सुर्ती, सलाई, ट्याक्टरका बिभिन्न पाटपुर्जा, बोईलर कुखुरा, मोटरसाइकल १ थान लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
