कञ्चनपुरमा २ लाख बढिको अवैध सामान बरामद

lok8

धनगढी । कञ्चनपुरमा २ लाख बढिको अवैध सामान बरामद गरिएको छ ।

Nisharg hospital

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले १ लाख ६ हजार ७९०, प्रहरी चौकी पचुँईले १९ हजार ६१५ , र अस्थाई प्रहरी पोस्ट बाणीले १ लाख ५८ हजार ९५० मुल्य गरि जम्मा २ लाख ८५ हजार ३५५ मुल्यको अवैध सामान बरामद गरिएको छ ।

उक्त मुल्य बराबरको पानी तान्ने मोटर, खानेपानीका पाईप, हार्डवयरका सामान, डिउ, बिडि, सुर्ति, फ्रुटी, जुस, स्याम्पु, बिस्कुट, चक्लेट, महेन्दी, बुमबुम, नमकिन, चिनि, चामल, तेल, दाल, जिरा, धनिया, किरानाको सामान र मोटरसाइकल १ थान लगायतका सामान बिहीबार प्रहरीले फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...