धनगढी र महेन्द्रनगरमा लागुऔषधसहित ३ युवक पक्राउ, सुमित फरार

धनगढी । धनगढी र महेन्द्रनगरबाट लागुऔषधसहित तीन युवकलाई पक्राउ गरिएको छ ।

Nisharg hospital

शनिबार धनगढी उपमहानगरपालिका–३ भन्सार ब्यारेलबाट शंका लागि चेकजाँच गर्दा बैतडीको पाटन नगरपालिका ८ बस्ने बर्ष २२ वर्षीय गणेश महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट २ ग्राम ८०० मिलिग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको छ ।

यस्तै, महेन्द्रनगरस्थित भिमदत्त नगरपालिका–१ शिवमन्दिर नजिकबाट बेदकोट नगरपालिका–६ बस्ने २९ वर्षीय निरज चौधरी, ८ बस्ने २१ वर्षीय अकबर डगौरालाई पक्राउ गरिएको छ ।

उनीहरुलाई शंकाका आधारमा चेकजाँच ० दशमल ०६ ग्रामलागुऔषध खैरो हेरोईन बरामद गरिएको छ । उनीहरुसँगै रहेका २१ वर्षीय सुमित चौधरी भने भागेर फरार भएका छन् ।

चौधरीको घरमा गएर चेकजाँच गर्दा २ दशमलव २६ ग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको छ भने उनको खोजी जारी राखिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...