सुदूरपश्चिमका अर्थमन्त्री पाल भन्छन्– बजेटले सबै क्षेत्र समेटेको छ

spa1
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सबै क्षेत्रलाई समेटेर समानुपातिक हिसाबले बजेट ल्याएको बताएका छन् ।

शनिबार प्रदेश सभामा अगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरिएको बजेटबारे आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पालले विगतमा भन्दा राम्रो र सन्तुलित बजेट ल्याएको दाबी गरेका हुन् ।

kailali model

‘मैले मन्त्रालयको जिम्मेवारी पाएको छोटो समयमा बजेट ल्याउनुपर्ने अवस्था थियो । प्रदेशका ९ वटा जिल्ला, क्षेत्र र भूगोललाई समेटेर समाानुपातिक हिसाबले बजेट ल्याएका छौँ,’ पालले भने, ‘यो बजेट पहिले भन्दा राम्रो हो की भन्ने लागेको छ ।’

adv khaptad
swostik

उनले कानुनी हिसाबले नमिल्ने, दोहोरो भएका बाहेक विषयगत मन्त्रालयहरुले सिफारिस गरेअनुसारकै सिलिङका आधारमा कार्यक्रम तथा योजना बजेटमा हालिएको समेत बताए ।

खर्च व्यहोर्ने स्रोतमा आन्तरिक आय धेरै नभएका कारण अनुदानकै भर पर्नुपर्ने अवस्थाले कार्यान्वयन भने चुनौतीपूर्ण हुने उनको भनाई थियो ।

मन्त्री पालले शनिबार अगामी आर्थिक वर्षको लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए । चालु वर्षको बजेट खर्चको अवस्था सन्तोशजनक नरहेका बेला झण्डै साढे २ अर्बले आकार बढाएर सरकारले बजेट ल्याएको हो ।
खर्च नहुने तर बजेटको आकार बृद्धि भइरहने प्रवृत्तिलाई अगामी वर्षदेखि निरुत्साहित गर्ने दाबी समेत गरिएको छ ।

प्रदेश सभाबाट बजेट पारित भएपछि साउनदेखि ठेक्का बन्दोबस्तको प्रक्रिया अघि बढाएर बजेट कार्यान्वयनलाई गति दिने मन्त्री पालले बताए ।

‘हामी साउनदेखि खरिद प्रक्रिया थालेर असोज मसान्तभित्र ठेक्का बन्दोबस्त गछौँ,’ मन्त्री पालले भने, ‘त्यसकारण विगतमा जस्तो ढिलासुस्ती हुँदैन् । बजेट कार्यान्वयनमा जोड दिन्छौँ ।’

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...