धनगढी । कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिना इजाजत वन पैदावार ओसार पसार मुद्दामा ८ हजार ६५५ जरीवाना ठहर भएका बर्दगोरिया गाउँपालिका—५ का ३६ वर्षिय महाबिर बि.क. र चेक अनादर मुद्दामा १ हजार जरीवाना ठहर भएका कञ्चनपुरको पुनर्बास नगरपालिका—१ का ४१ वर्षिय सोम बहादुर तामाङ रहेका छन् ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका दुवै जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।