कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Rojgar mela

धनगढी । कैलालीमा मोटरसाइकलले ठक्कर दिदाँ पैदलयात्रीको मृत्यु भएको छ ।

Nisharg hospital

जिल्लाको धनगढी उपमहानगरपालिका—१४ गाँउ स्थित से ५ प ६१६० नम्बरको मोटरसाईकलले स्थानिय ७४ वर्षिय पैदल यात्री चित्र बहादुर सुनारको मृत्यु भएको हो ।

आइतबार मोटरसाइकलले ठक्कर दिदा गम्भिर घाईते भएका सुनारलाई उपचारको लागि निसर्ग अस्पताल धनगढीमा लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

मोटरसाईकल र मोटरसाइकल चालक कैलारी गाउँपालिका—८ बस्ने ५४ वर्षिय सुरेश चौधरी लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...