बैतडीकाे पाटनमा बेपत्ता पुरूषकाे शव भेटियाे, प्लाष्टिकमा बेरिएकाे थियाे

spa1
Nisharg hospital

धनगढी । बैतडीमा तीन दिनदेखि बेपत्ता एक जनाकाे शव फेला परेकाे छ ।

असार १ गतेदेखि बेपत्ता पाटन नगरपालिका-६ का ५१ वर्षीय बिरभानसिंह बिष्टको शव फेला परेकाे प्रहरीले जनाएको छ ।

kailali model
swostik

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरी पाटन-पञ्चेश्वर-मेलाैली सडक खण्ड अन्तरगत मेलतडास्थित घाङल खाेलामा बिष्टकाे शव फेला परेकाे जानकारी दिए ।

adv khaptad

उनकाअनुसार बिष्टकाे शव खोलामा प्लाष्टिकले बेरेकाे अवस्थामा शव भेटिएकाे हाे । अहिले घटनास्थल कार्य भइरहेको छ ।

बिष्टकाे हत्या गरिएको आशंका गरिएकाे छ । बिष्टकाे हत्या आराेपमा पाटन नगरपालिका-६ कै भागरथी बिष्टलाई इलाका प्रहरी कार्यालय पाटनले पक्राउ गरेकाे छ ।

मृतकका परिवारले यसअघि नै बिष्टले बेपत्ता पारेकाे भन्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...