पाटन घटना : बुहारीसँग अनैतिक सम्बन्ध, घरमा युवाहरु देखेको आक्रोशपछि हत्या

spa1
Nisharg hospital

धनगढी । तीन दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका –६ का वीरभान सिंह बिष्टको हत्या अनैतिक सम्बन्धका कारण भएको खुलेको छ । बिष्ट बुहारी नाता पर्ने शिक्षिका समेत रहेकी भागरथी बिष्टसँग अनैतिक सम्बन्धमा रहेका थिए ।

सोही कारण उनको हत्या भएको प्रहरीको भनाई छ । असार १ गतेदेखि बेपत्ता बिष्टको शव सोमबार पाटन पञ्चेश्वर सडकखण्डको मेलतडास्थित घाङ खोलामा फेला परेको थियो ।

kailali model

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक गिरिले वीरभानको हत्यामा शिक्षिका भागरथी विष्ट र अन्य तीन जना युवाहरुको संलग्नता रहेको पाइएको बताए ।

adv khaptad

उनकाअनुसार विष्टसहित हत्यामा संलग्न सोही ठाउँका २० वर्षका किशोर भट्टराई र १९ वर्षका राजेन्द्र भट्टराईलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई भाग्दै गरेको अवस्थामा डडेल्धुराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसरी गरिएको थियो बिरभानको हत्या

मृतक बिरभान र भागरथी विष्टबीच अनैतिक सम्बन्ध थियो । नाताले उनीहरु नजिकका ससुरा बुहारी हुन । वीरभान भागरथीका कान्छा ससुरा नाता पर्छन ।

swostik

भागरथीका श्रीमानको १० वर्ष अघि नै मृत्यु भईसकेको थियो । उनी एकल भएपछि शिक्षण पेशमा थिईन । त्यसपछि उनको वीरभानसँग सम्बन्ध रहेको थियो । भागरथीका एकजना अपांग र अर्का एक छोरा छन भने वीरभान पनि विवाहीत ब्यक्ति हुन ।

असारको १ गते राती मदिरा सेवन गरेको अवस्थामा वीरमान भागरथीको घरमा पुुग्छन । भागरथीको घरमा पाटन नगरपालिकाकै तीन जना युवाहरु पनि रहेका हुन्छन । भागरथीसँग युवाहरु देखेपछि रिसाएका वीरमान र उनको विवाद हुन्छ । वीरमानले भागरथीलाई नानाथरी कुरा गर्छन । त्यसपछि भागरथीले चिरपटले उनको टाउकोमा हान्छिन ।

प्रहरी नायव उपरिक्षक दिपक गिरि भन्छन, ‘प्रारम्भीक बयानका आधारमा त्यहाँ रहेका युवाहरुले पनि वीरभान माथि कुटपिट गर्छन । वीरभानको भागरथीकै घरमा मृत्यु हुन्छ । ती युवाहरु त्यहाबाट राती नै भाग्छन । तर भागरथीले मृत्यु भईसकेका वीरमानको शव आफ्नै घरमा लुकाउछिन ।’

त्यसपछि शव ब्यवस्थापनको योजना बन्छ । भागरथीको घर पाटन नगरपालिकामा पर्ने पाटन–पञ्चेश्वर सडक भन्दा माथि अथवा पाटनको खतवारीको फाँटको माथि छ । शनिबार राती मारिएका वीरमानको शव आईतबारको दिनभरी भागरथीकै घरभीत्र रहन्छ ।

ती युवाहरुलाई भागरथीले शव ब्यवस्थापनका लागि बोलाउछिन । आईतबारको राती तीन जना युवाहरु राजेन्द्र भट्टराई, किशोर भट्टराई र एकजना फरार रहेका युवाहरु आउछन । उनीहरुले वीरभानको शव पाटनको खेत (सेरो), जहाँ रोपाई गरिएको थियो, प्लाष्टिकमा बेरेर तानेर पाटन–पञ्चेश्वर सडकसम्म पुगाउछन ।

भागरथीको घर देखि खेतैखेत शव तानेको निसानहरु पनि प्रहरीले संकलन गरिसकेको छ । सडकमा ती युवकहरुले ल्याएको से ७ प ४४०९ नम्बरको मोटरसाईकल तयारी अवसथामा हुन्छ । एकजनाले मोटरसाईकल चलाउछन भने अर्कोले बीचमा शव राखेर बोक्ने काम गर्छन । घिसारेर सडकमा पुगाईएको स्थानबाट वीरभानको शव झण्डै ५ किलोमिटर पञ्चेश्वतर्फ लगेर घाङल भीरमा फालिन्छ ।

डिएसपी गिरि भन्छन, ‘ती मध्येकाका २ जना युवाहरु किशोर र राजेन्द्र शव फालिसकेपछि बसमा तराई तिर हिड्छन । तर उनीहरुलाई भागरथी पक्राउ परिसकेको र उनीहरुको नाम प्रहरीले थाहा पाईसकेको जानकारी हुन्छ । उनीहरु बसबाट झरेर जीपमा बस्नछन । प्रहरी उनीहरुलाई डडेल्धुराको साहुखर्कबाट पक्राउ गरेको छ ।’

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...