धनगढी । कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालतबाट बिभिन्न मितिमा कैद सजाय तथा जरीवाना ठहर भएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका वडा नम्बर ८ बस्ने ६० वर्षीय किसन चौधरी र घोडाघोडी नगरपालिका वडा नम्बर १ बस्ने ३२ वर्षीय जनक बोहरा रहेका छन् ।
चौधरीलाई वन मुद्दामा १९ दिन कैद सजाय र १९ हजार ९६ रुपैया कैद सजाय र बोहरालाई लागू औषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको थियो ।