सुदूरपश्चिम प्रदेश सरकारको ६ वर्ष : बेरुजुमा उत्तारचढाव

spa1
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम साढे दुई अर्ब नाघेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनअनुसार प्रदेश सरकारको बेरुजु रकम दुई अर्ब ६८ करोड २९ लाख २९ हजार पुगेको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा ३७ करोड ६३ लाख ९१ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअघि बेरुजु रकम दुई अर्ब ३९ करोड १९ लाख ६० हजार रहेकोमा गत वर्षको जोड्दा दुई अर्ब ६८ करोड नाघेको हो ।

kailali model

प्रदेश मन्त्रालय तथा निकायको दुई अर्ब १३ करोड ८० लाख ७५ हजार र समिति र अन्य संस्थाको ५४ करोड ४८ लाख ५४ हजार बेरुजु रहेको प्रतिवेदनमा भनिएको छ ।

adv khaptad

swostik

कुन वर्ष कति बेरुजु ?

सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम साढे दुई अर्ब पुगेपनि अपेक्षाकृत सुधार भने हुन सकेको छैन । प्रदेश सरकारले ६ आर्थिक वर्षको बजेट कार्यान्वयन गरिसकेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै बेरुजु आर्थिक वर्ष २०७८/७९ मा रहेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयको सार्वजनिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा ९१ करोड ९५ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

त्यसपछि २०७५/७६ मा ८८ करोड २८ लाख रुपैयाँ बेरुजु रकम रहेको छ भने आर्थिक वर्ष २०७७/७८ मा ७७ करोड २४ लाख बेरुजु रहेको पाइएको छ ।

आथिएक वर्ष २०७६/७७ मा ५७ करोड ५१ लाख, आर्थिक वर्ष २०७९/८० मा ३७ करोड ६३ लाख र आर्थिक वर्ष २०७४/७५ मा ५९ लाख रुपैयाँ बेरुजु रकम रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...