धनगढी । धनगढी उपमहानगरपालिकाले स्वीकृत दरबन्दी बिना कर्मचारी भर्ना गरि बजेट खर्च गरेको भन्दै प्रश्न उठाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनमा उपमहानगरपालिकाले स्वीकृत दरबन्दी नभएको अवस्थामा पदाधिकार कायम गरि एक करोड ९३ लाख ६३ हजार भुक्तानी गरेको उल्लेख गरेको छ ।
उपमहानगरपालिकाले स्वीकृत दरबन्दी बिना कर्मचारी राखेर बजेट खर्च गरेको भेटिएपछि दरबन्दी स्वीकृत गरि सोहीअनुसार व्यवस्थापन गर्नुपर्ने सुझाव महालेखापरीक्षकको कार्यालयले दिएको छ ।
प्रतिवेदनमा उपमहानगरपालिकाले २ जना लेखा अधिकृत छैटौँ, ३/३ जना कम्प्युटर अपरेटर, सहायक पाँचौ, १७ जना सामाजिक परिचालक, १० जना कार्यालय सहयोगी लगायत विभिन्न पदमा ५१ ज्ना कर्मचारी भर्ना गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।