धनगढी । धनगढी उपमहानगरपालिकाका १० जना कर्मचारीले दोहोरो मालसामान बुझेर लगेको पाइएको छ ।

उपमहानगरपालिकाको विभिन्न शाखामा कार्यरत विभिन्न पदका कर्मचारीले दोहोरो मालसामान बुझेको पाइएपछि महालेखापरीक्षकको कार्यालयले फिर्ता गर्न उर्दी जारी गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक लेखापरीक्षण प्रतिवेदनको ३५ नम्बर बुँदामा आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ९५ मा जिन्सी मालसामानको लगत खडा गरि गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
तर उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले दोहोरो मालसामान बुझेकाले फिर्ता हुनुपर्ने सुझाव दिइएको छ ।
यी हुन् दोहोरो सामान बुझ्ने कर्मचारी
१) सुरेन्द्रप्रसाद पन्त (योजना शाखा प्रमुख) : २ वटा ल्यापटप
२) दिपक बोहोरा (इन्जिनियर) : २ वटा ल्यापटप
३) हरिराम चौधरी (हेल्पर) : साईकल र मोटरसाइकल
४) चन्द्रबहादुर महरा (रोजगार संयोजक) : ३ वटा मोटरसाइकल र २ ल्यापटप
५) राजु खड्का(इन्जिनियर) : २ वटा ल्यापटप
६) लेखनाथ ओझा (आलेप अधिकृत) : २ वटा ल्पापटप
७) सुरेन्द्रसिंह कार्की(प्रशासकीय अधिकृत) : २ वटा ल्यापटप
८)मेम्बर सिंह (लेखा अधिकृत) : साईकल र मोटरसाइकल
९)मोहनबहादुर खडका (अधिकृत) : साईकल र मोटरसाइकल
१०) रमेश श्रेष्ठ (राजश्व अधिकृत) : २ वटा ल्यापटप
