कैलालीमा कुलाेकाे इन्टेकमा डुबेर युवकको मृत्यु

Dhangadhi

धनगढी । कैलालीमा कुलाेकाे इन्टेकमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्युु भएकाे छ ।

Nisharg hospital

जानकी गाउँपालिका-५ अमाैरामा कुलरिया खर्गाैली बड्काबिच्की कुलाकाे इन्टेकमा नुहाउने क्रममा १८ वर्षीय कैलाश बिष्टकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

add krishi mela

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाेराले मंगलबार दिउँसो खाेलामा नुहाउने क्रममा डुबेर बिष्टकाे मृत्यु भएकाे जानकारी दिए ।

ok

बिष्ट लम्कीचुहा नगरपालिका-५ थापापुरका स्थानीय बासिन्दा हुन् । उनी साथीहरूसँगै नुहाउन त्यहाँ पुगेका थिए ।

मृतककाे शव घटनास्थलबाट उठाएर परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएकाे प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...