कैलालीमा साढे ३ लाखको अवैध सामान बरामद

धनगढी । कैलालीमा भन्सार छली गरेर ल्याइएको अवैध सामान बरामद गरिएको छ ।

Nisharg hospital

मंगलबार साँझ लम्कीचुहा नगरपालिका–१ राजीपुरबाट तीन लाख ८ हजार मूल्य बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनकाअनुसार विषेश सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइएको उक्त सामान वेवारिसे अवस्थामा फेला पारेको थियो ।

जसमा १२५ वटा सुट, मेक्सिको कपडा, ५ चादरको कपडा, ५ पिस ब्लाउजको कपडासहितका फेन्सी सामान छन् । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...