अछाममा मामा नाता पर्नेले गरे भान्जीमाथि छाउगाेठमा बलात्कार

Nisharg hospital

धनगढी । अछाममा छाउगाेठमा बसेकाे अवस्थामा किशोरीमाथि जबरजस्तीकरणी गरिएकाे छ ।

जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिकामा मंगलबार बेहाेस् अवस्थामा भेटिएकी १६ वर्षीया किशाेरीमाथि जबरजस्तीकरणी भएकाे खुलेकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सन्ताेश पाठकले किशोरीलाई छाउगाेठमा बेहाेस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएकाे बताए ।

उपचारपछि किशोरीले आफूमाथि जबरजस्तीकरणी गरेकाे बताएकी थिइन् ।
उनकाे बयानका आधारमा जबरजस्तीकरणी गरेकाे आराेपमा पञ्चदेवल विनायक नगरपालिकाकै १७ वर्षीय किशोरलाई पक्राउ गरिएकाे डीएसपी पाठकले बताए ।

उनकाअनुसार नातामा उनी किशोरीका मामा पर्छन् भने दुवै जना एउटै विद्यालयमा ९ कक्षामा अध्ययन गर्दै आएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...