१२ कक्षाको परीक्षा दिनेले पनि एमबीबीएसको प्रवेश परीक्षामा दिने पाउने

काठमाडौं । अबदेखि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

Nisharg hospital

चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको हो ।

यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन १२ कक्षा उतीर्ण हुनुपथ्र्यो ।

आयोगका सहसचिव कृष्ण प्रसाद काप्रीले नियमित विद्यार्थीको सुविधाका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए । ‘यसभन्दा अगाडि १२ कक्षाको नतिजा आउन ढिलाइ हुँदा नियमित विद्यार्थीले प्रवेश परीक्षा लामो समयसम्म कुनुपर्ने हुन्थ्यो । कक्षा १२ को नतिजा नआइसकेको भए पनि यस पटकदेखि हामीले भदौमा हुने परीक्षामा सहभागी पाउने व्यवस्था मिलाएका हौं’, काप्रीले भने ।

एकीकृत प्रवेश परीक्षाका लागि आयोगले आवेदन खुलाइसकेको छ । सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् ।

तर परीक्षाको नतिजा आउने बेलामा आयोगले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्वन्धी कार्यविधि ९पहिलो संसोधन० २०७० को दफा ७ बमोजिमको योग्यता पुगेका उम्मेदवारलाई मात्रै समावेश गरी नतिजा प्रकाशित गर्ने स्पष्ट पारेको छ ।

एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, फार्मेसीलगायत चिकित्सा शिक्षातर्फको स्नातक तहका विभिन्न विषयमा भर्ना हुन कक्षा १२ मा फिजिक्स, केमेस्ट्री, बायोलोजीलगायतका विषयमा अध्ययन गरेको हुनुपर्ने छ । उक्त विषयमा कम्तीमा ५० प्रतिशत वा २.४ जीपीए प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने छ ।

‘कक्षा १२ को नतिजाका कारण जेहेन्दार विद्यार्थीको समय अनावश्यक रुपमा क्षति हुन नदिनका लागि आयोगले यसपटकदेखि सहजीकरण गरेको हो’, काप्रीले भने, ‘१२ को नतिजा आएपछि मात्रै उनीहरुको योग्यताको आधारमा एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित हुनेछ ।’

आयोगले अघिल्लो वर्ष एमबीबीएसमा १ हजार ९२० सिट छुट्याएको थियो । आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी १ भदौदेखि ५ भदौसम्म तोकेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...