धनगढीमा नमुना विद्यालयका बालबालिकालाई शिखर इन्स्योरेन्सद्धारा १३ लाख सहयोग

Seti
arth ok

धनगढी । धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सहयोग गरेको छ ।
उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो । नमुना विद्यालयमा अध्ययनरत २५० जना बालबालिकाका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख डिल्लीराज शर्माले नगरप्रमुख गोपाल हमाललाई १३ लाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Nisharg hospital

धनगढी उप–महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सन्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा उक्त रकम सहयोग गरिएको हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...