काम नगर्ने ठेकेदारलाई पाटन नगरपालिकाको कृपा : साढे २ करोड पेश्की निकासा

Dhangadhi

धनगढी । बैतडीको पाटन नगरपालिकाले काम नगर्ने निर्माण कम्पनीलाई पेश्कीवाफत साढे २ करोडभन्दा बढी भुक्तानी गरेको पाइएको छ ।

Nisharg hospital

नगरपालिकाले सार्वजनिक खरिद ऐन विपरीत निर्माणको ठेक्का लिएको तर काम अलपत्र छोडेको कम्पनीलाई उल्टै २ करोड ५६ लाख रुपैयाँ पेश्कीवाफत भुक्तानी गरेको पाइएको हो । ठेक्का अवधिभित्र ठेक्का कार्य सम्पन्न गर्नुपर्नेमा १५ बेड क्षमताको अस्पताल भवनको कार्य २०८० चैत ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

add krishi mela

१६ करोड २५ लाख पाँच हजार ४७६ मा अस्पताल भवन निर्माणका लागि सिनर्जी प्रधान जेभी नयाँ वानेश्वरसँग सम्झौता गरिएको थियो । तर अहिलेसम्म अस्पताल भवनको काम भने ६५ लाख ४४ हजार ९३ रुपैयाँ बराबरको मात्र भएको छ। काम सुरु गरेर बाँकी प्रक्रिया अलपत्र अवस्थामा छोडिएको छ ।

ok

निर्माण कम्पनीले काम सुरु गरेर बिचमै अलपत्र पारेको फेला परेको छ। सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९, ६३, सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२० (११) र १२८ अनुसार ती ठेक्काको पेश्की जमानी प्राप्त गर्ने, ठेक्का अंकको बढीमा १० प्रतिशतसम्म पूर्वनिर्धारित क्षतिपुर्ति लगाउने, ठेक्का तोड्ने, कार्यसम्पादन जमानी प्राप्त गर्ने, कालोसूचीमा राख्ने र काम पुरा गर्न अपुग रकम भराउने व्यवस्था छ ।

तर पाटन नगरपालिकाले खरिद सम्झौताका उल्लेखित व्यवस्थाहरुको बेवास्ता गरेर उल्टै कानुनमा भएका व्यवस्थालाई लत्याएर २ करोड ५६ लाखको भुक्तानी दिएको पाइएको छ । यसका साथै नगरपालिकाले आर्थिक व्यवस्थापन तथा सम्पती हस्तान्तरण सम्वन्धि निर्देशिका २०७४ को निर्देशन नम्बर ५.१५ विपरीत सवारीसाधन खरिद गरेको समेत पाइएको छ ।

नगरपालिकाले तीनवटा मोटरसाइकल खरिदको नाममा ९ लाख ७५ हजार ६९० रुपैयाँ खर्च गरेको छ । जबकी नेपाल सरकारबाट उपलब्ध गराइएको बजेटबाट कार्यालयको नियमित प्रयोजनको लागि सवारीसाधन खरिद गर्न नपाइने व्यवस्था छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...