कैलाली र कञ्चनपुरका यी ठाउँमा अवरुद्ध विद्युत कहिले सुचारु हुन्छ ?

Dhangadhi

धनगढी । कैलाली र कञ्चनपुरमा बुधबार साँझ चलेको हावाहुरीले पोल भाँचिएपछि केही स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ ।

Nisharg hospital

नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाकाअनुसार कैलालीको धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, गौरीगंगा नगरपालिका लगायतका केही स्थानमा हावाहुरीले पोल भाँचिएपछि विद्युत सेवा अवरुद्ध भएको छ ।

add krishi mela

प्रादेशिक कार्यालयका प्रमुख जंगबहादुर चन्दले धनगढी उपमहानगरपालिका–१८, १९ को फूलबारी, वडा नम्बर १२ को जुगेडा र बजार क्षेत्रका केही स्थानमा विद्युत सेवा अवरुद्ध भएको बताए । उनकाअनुसार धनगढी वितरण केन्द्र अन्तरगतको गौरीगंगा नगरपालिकाको मसुरिया, कैलारी गाउँपालिकाको हसुलिया क्षेत्रमा पनि विद्युत सेवा अवरुद्ध भएको छ ।

ok

विद्युत सेवा अवरुद्ध भएका स्थानमा मर्मत सम्भारको काम चलिरहेको चन्द बताउँछन् । धनगढी वितरण केन्द्रका प्रमुख मिथिलेस कुमार गोइग्वारले धनगढी, गौरीगंगा नगरपालिका क्षेत्रमा मात्र ६० वटा पोल भाँचिएको बताउँदै मर्मत सम्भारको काम जारी रहेको जानकारी दिए । उनकाअनुसार धनगढी बजार क्षेत्र र गौरीगंगामा बिहीबार साँझसम्म विद्युत सेवा सञ्चालनको तयारी छ भने फूलबारी भने बढि क्षति भएकाले शुक्रबारसम्म मर्मतसम्भारको काम सकिनेछ ।

प्रादेशिक कार्यालयकाअनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा मात्र हावाहुरीले २३ पोल ढलेका छन् । जिल्लाको दक्षिण्ँ िक्षेत्रमा पर्ने पुनर्वाससँगै लालझाडी, बेलौरी लगायतका क्षेत्रमा समेत सेवा प्रभावित भएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...