बेलौरीमा मेयर र हाकिमको मनपरी : इन्धन र गाडी मर्मतमै १ करोड १६ लाख स्वाहा !

spa1
Nisharg hospital

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकाले इन्धन खर्च र सवारीसाधन मर्मत शिर्षकमा आचाक्ली खर्च गरेको पाइएको छ ।

नगर प्रमुख पोतीलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी लगायतका जनप्रतिनिधि र कर्मचारीले एक वर्षमा इन्धन खर्च र सवारी साधन मर्मत खर्च भन्दै एक करोड १६ लाख रुपैयाँ बुझेको पाइएको हो ।

kailali model

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले इन्धन खर्चमा झण्डै ८० लाख र सवारीसाधन मर्मत शिर्षकमा झण्डै ३६ लाख रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ ।

adv khaptad
swostik

कार्यालयले कार्यालय प्रयोजन र पदाधिकारीका लागि भन्दै ७९ लाख ९५ हजार रुपैयाँ इन्धन र ३५ लाख ९९ हजार ९८६ रुपैयाँ सवारीसाधन मर्मत शिर्षकमा खर्च गरेको प्रतिवेदनमा भनिएको छ ।

महालेखापरीक्षकको कार्यालयले इन्धन खर्च र सवारीसाधन मर्मत खर्च शिर्षकमा जथाभावी खर्च गरिएको भन्दै स्रोतको अधिकतम उपयोग हुनेगरि मितव्यिता अवलम्बन गरि खरिद कार्य गर्न सुझाव समेत दिएको छ ।

कतिसम्म कार्यालयले इन्धन खर्च लेख्दा कुन गाडिमा के–कति प्रयोग भएको हो ? सवारीसाधन कहाँ गएर के मा प्रयोग गरिएको हो ? भन्ने जस्ता विवरण नखुलाएरै खर्च लेखि अनियमितता गरेको आशंका समेत व्यक्त गरेको छ ।

सवारीसाधन मर्मत शिर्षकमा पनि मर्मत कार्यको लागत अनुमान तयार गरि स्वीकृत नगरेको, फेरिएको पार्टपुर्जाको जिन्सी दाखिला नगरिएको जस्ता कारणले वास्तविक खर्च यकिन गर्न नसकिएको प्रतिवेदनमा भनिएको छ ।

बेलौरीमा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका पोतिलाल चौधरी र प्रमुख प्रशाकीय अधिकृ तारादत्त अवस्थीले आफूखुसी खर्च गर्दै आएको आरोप समेत लाग्दै आएको थियो । जुन कुरालाई महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले समेत औल्याएको देखिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...