
धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाले २७ जना मृतकको नाममा सामाजिक सु्रक्षा भत्ता वापतको रकम निकासा दिएको खुलेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा विभिन्न वडाका २७ जना मृतकका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएपछि सम्बन्धी लाभग्राहीबाट असुुल उपर गर्नुपर्ने भएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक लेखा परीक्षण प्रतिवेदनमा २७ जनालाई एक लाख ६५ हजार ७८८ रुपैयाँ बाडेको हो । मृतक व्यक्तिलाई भुक्तानी भएको उक्त रकम सम्बन्धी लाभग्राहीबाट असुल गर्नुपर्ने सुझाव महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
हेर्नुहोस् मृतक र उनीहरुलाई पालिकाले बाडेको भत्ता
