बर्दगोरिया गाउँपालिकाले करारका कर्मचारीलाई बाड्यो १७ लाख गैरकानुनी भत्ता (नामसहित)

lok8

धनगढी । मृतकका नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको कैलालीको बर्दगोरिया गाउँपालिकाले करारमा राखिएका कर्मचारीलाई महंगी भत्ताका नाममा गैरकानुनी रकम बाडेको पाइएको छ ।

Nisharg hospital

गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकामा करार सेवामा कार्यरत ८९ जना कर्मचारीलाई महंगी भत्ता वापत १७ लाख २२ हजार बाडेको पाइएको हो । जुन गैरकानुनी भएको ठहर महालेखापरीक्षकको कार्यालयले गरेको छ ।

उसले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल सरकारको अर्थ मन्त्रालयले २१ बैशाख २०७९ मा परिपत्र गर्दै करारमा कार्यरत कर्मचारीहरुलाई मासिक रुपमा महंगी भत्ता उपलब्ध गराउने सम्बन्धी कानुनी व्यवस्था नभएकोले करारमा कार्यरत कर्मचारीलाई महंगी भत्ता उपलब्ध गराउन नसकिएको भनेको उल्लेख गरेको छ ।

‘पालिकाले यस वर्ष ८९ जना करार कर्मचारीलाई महंगी भत्ता वापत मासिक २०००।– का दरले रु१७२२०००।– रकम भुक्तानी गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अतःपालिकाले कर्मचारीहरुबाट असुल उपर गर्नुपर्ने ।’ प्रतिवेदनमा गैरकानुनी रुपमा महंगी भत्ता लिने सबै करार सेवाका कर्मचारीको नाम समेत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् विस्तृत विवरण

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...