धनगढी । धनगढीमा साथीकाे घर जान्छु भन्दै हिडेका युवक मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीकाअनुसार अछामको चौरपाटी गाउँपालिकाको-२ घर भएका १७ वर्षीय विरमल साउँद बिहीबार धनगढीको जाली सामुदायिक वनभित्र मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बाेहराले साउँद जंगलमा झुन्डिएको अवस्थामा भेटिएकाे बताए ।
उनकाअनुसार उनी बुधबार साँझ साथीको घर जान्छु भन्दै गएको थिए ।
उनी हसनपुरमा डेरा गरि बस्दै आएका थिए । मृतककाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ भने घटनाबारे अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएको छ ।
