
धनगढी । कैलाली प्रहरीले पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत कैलालीले विभिन्न मितिमा गरेको फैसलाले कैद सजाय तथा जरीवाना तोकेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।
यी हुन् पक्राउ परेका फरार प्रतिवादी

१. किर्ते मुद्दामा ५ महिना ८ दिन कैद सजाय तोकिएको धनगढी उ.म.न.पा. १५ बस्ने बर्ष ४० को राम कृष्ण राना ।
२. किर्ते मुद्दामा ५ महिना ८ दिन कैद सजाय तोकिएको धनगढी उ.म.न.पा. १५ बस्ने बर्ष ३० को राम अप्तार राना ।
३. सार्वजनिक मुद्दमा रु.२,०००।– जरिवाना तोकिएको धनगढी उ.म.न.पा.७ बस्ने ३० को प्रकाश खडायत ।
४. लागु औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको गोदावरी न.पा. ५ बस्ने बर्ष २५ को हरि कुमार खुना ।
५. लागु औषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको टीकापुर न.पा. ३ बस्ने बर्ष ३४ को रामसेवक चौधरी ।
