
धनगढी । महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको विङ्गर दुर्घटनामा परेको छ ।

महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ००१ ज ३९८ नम्बरको विङ्गर बनहरापुल नजिक दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
विङ्गर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । उनीहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण नखुलेकोले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
