धनगढी । धनगढीमा रहेको होलसेल पसलमा आगलागी हुँदा दुई करोड बराबरको क्षति भएको छ ।

बिहीबार राति धनगढी उपमहानगरपालिका–४ मा रहेको जिएस ट्रेडर्समा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
श्यामकृष्ण खतिवडाको होलसेल पसल जलेर ध्वस्त भएको हो । विद्युत सर्ट भएर आगलागी भएकोमा राति साढे ९ बजे दुई दमकलको सहायताले आगो नियन्त्रणमा ल्याइएको थियो ।
