धनगढीमा रास्वपा सुदूरपश्चिमको चियापान, नेता भन्दा प्राज्ञिकलाई प्राथमिकता

spa1
Nisharg hospital

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना दिवसको अवसरमा धनगढीमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । रास्वपाको दोस्रो स्थापना दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार धनगढीमा चियापान कार्यक्रम आयोजना गरेको हो ।

धनगढी स्थित डिभोटी होटलमा  चियापानसँगै शुभकामना आदानप्रदान गरि स्थापना दिवस मनाइएको छ । सो अवसरमा विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि , प्राज्ञिक क्षेत्रका व्यक्ति, समाजसेवी, युवा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

kailali model

शुभकामना दिने अधिकांशले रास्वपा नयाँ जोशका साथ अघि बढेकाले जनताका पक्षमा काम गर्न सुझाव दिएका छन । दलहरु काम भन्दा पनि भाषण बढी गर्ने हँुदा जनतामा निरासा आएको भन्दै उनीहरुले काममा ध्यान दिन रास्वपालाई आग्रह गरेका हुन् ।

adv khaptad
swostik

रास्वपाले चियापान कार्यक्रममा राजनीतिक दललाई भन्दै विभिन्न सामाजिक तथा प्राज्ञिक क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई प्राथमिकताका साथ सहभागी गराएको थियो ।

यसैबीच, चियापान कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा सुदूरपश्चिमका सभापति इन्जिनियर प्रकाश बिष्टले रास्वपा देश परिवर्तनको यात्रामा अघि बढेको बताए । मुलुकमा व्यवथा परिवर्तन भएपनि अवस्था नफेरिएको बताउँदै बिष्टले चुनौतीका पहाड छिचोलेर विकास र समृद्धिको यात्रा पूरा गर्नुपर्ने जिम्मेवारी रहेको सुनाएका छन् ।

उनले मुलुकमा ३५ वर्षदेखि राज गरेका राजनीतिक दलसँगै सरकारमा सहभागी भएर काम गर्न सजिलो नभएपनि पार्टी सभापति लगायत सरकारमा सहभागी नेताहरुले प्रयास गरिरहेको बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...