गोदावरी धामबाट कलश चोरी गर्ने दुई जना पक्राउ

Dhangadhi

धनगढी । कैलालीको गोदावरी धामबाट कुम्भवाटिकाको मुख्य कलश चोरी भएको छ ।

Nisharg hospital

बिहीबार राति ११ बजेको समयमा कुम्भ वाटिकाको मुख्य कलश चोरी भएको हो । कलश चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१४ फुलबारीका ३० वर्षीय मोहन कठायत र गोदावरी नगरपालिका–४ हाटखोलीका ३९ वर्षीय बलबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ok

दुबै जनाबाट कलश पनि तोडफोड गरिएको अवस्थामा बरामद गरिएको छ । दुबै जना विरुद्ध चोरीको मुद्दा दर्ता भएर म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...