धनगढी । धनगढीमा आँप टिप्दा रूखबाट खसेर एक जनाकाे मृत्यु भएकाे छ ।
शुक्रबार बिहान धनगढी उपमहानगरपालिका-५ तारानगरका ४५ वर्षीय सिद्वराज जोशीकाे घर नजिकैकाे आँपको रुखबाट खसेर मृत्युु भएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाेराले रूखबाट खसेर गम्भीर घाइते भएका जाेशी उपचारका क्रममा निसर्ग हस्पिटलमा मृत्यु भएकाे जानकारी दिए ।
जाेशीकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।