कैलालीबाट समाजवादीको महाधिवेशनका लागि ३५ जना प्रतिनिधि सर्वसम्मत

spa1
Nisharg hospital

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न असार १६ देखि २० गतेसम्म हुन गइरहेको महाधिवेशनका लागि जिल्ला भरबाट ३५ जना प्रतिनिधि निर्विरोध चयन भएका छन् ।

swostik

कैलालीका पाँच वटै निर्वाचन क्षेत्रबाट खुल्ला, महिला र दलित गरी ३५ जना निर्र्विरोध चयन गरिएको समाजवादीका जिल्ला अध्यक्ष विमल जोशीले बताए । उनले दिएको जानकारी अनुसार कैलाली क्षेत्र नंम्बर १ बाट सूर्यचन्द्र भट्टराई, हरिराम चौधरी र महिलाबाट सूर्या साउँद गरी तीन जना प्रतिनिधि चयन भएका छन् । क्षेत्र नंम्बर २ बाट कर्ण जैशी, पूर्ण विष्ट, लोकराज तिमिल्सेना, जानकी ढुंगाना र भूपेन्द्र विक १० औं महाधिवेशनका लागि प्रतिनिधिमा चयन भएका छन् ।

kailali model

क्षेत्र नंम्बर ३ बाट खडक रावत, मेघराज साउँद, प्रदिप मल्ल र राधा पाण्डेय, क्षेत्र नंम्बर ४ बाट भीम बोगटी, राबहादुर विश्वकर्मा, बासुदेव गुरागाई, सुरेन्द्रमान कार्की, तुलाराम उपाध्याया, ललित साउँद, डिल्लीराम आचार्य, बहादुर खड्का, मोहन ऐर, रत्ना कडायत, जानकी चौधरी, सरस्वती बुढामगर, दया विक, शिव विक र लोक साउँद प्रतिनिधिमा चयन भएका छन् ।

adv khaptad

यसैगरी क्षेत्र नंम्बर ५ बाट संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका सात जना प्रतिनिधिमा चयन भएका छन् । जिल्ला अध्यक्ष विमल जोशी, जिल्ला सचिव दीर्घ जोशी, दीपक सिंह, नरेश ठकुल्ला, हेमकर्ण विक, तारादेवी तामाङ र रोजी बस्नेत निर्विरोध चयन भएको अध्यक्ष विमल जोशीले जानकारी दिए । कैलालीबाट प्रतिनिधि चयन हुनेमा सबैभन्दा बढी क्षेत्र नंम्बर ४ बाट रहेका छन् भने सबैभन्दा कम क्षेत्र नंम्बर १ बाट रहेका छन्। क्षेत्र नंम्बर ४ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको क्षेत्र हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...