धनगढी । कञ्चनपुरमा ट्रयाक्टरको पछाडीको भागमा मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने ३० वर्षीय सञ्जिव चौधरी रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति साढे १० बजेको समयमा वेदकोट नगरपालिका–७ भुडाचोकस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जादै गरेको से १ त ३३६८ को ट्रयाक्टरको पछाडीको भागमा सोही दिशातर्फ गइरहेको सुपप्र०२००३ प६९७० नम्बरको मोटसाइकल ठोक्किएको थियो ।
दुर्घटनापछि गम्भीर घाइते भएका चौधरी र पछाडी सवार कृष्णपुर नगरपालिका–८ बस्ने मनोज चौधरीलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो तर उपचारका क्रममा चालकको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका मनोजको महाकालीमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ ।