अनेरास्ववियु कैलालीको अध्यक्षमा खड्का सर्वसम्मत, अरु पदाधिकारी को ?

spa1
Nisharg hospital

धनगढी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) कैलालीको अध्यक्षमा कुबेर खड्का सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार सम्पन्न अनेरास्ववियुको १७ औँ जिल्ला अधिवेशनबाट खड्काको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।

kailali model
swostik

खड्का ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत हुन् । २०७३ सालदेखि अनेरास्ववियुमा क्रियाशिल खड्काले एक कार्यकाल जिल्ला कमिटि सदस्य भएर काम गरेका छन् भने पछिल्लो समय उनी सहसंयोजकको भूमिकामा थिए ।

adv khaptad

अधिवेशनले उपाध्यक्षमा भगवती साउँद र पुष्प सुवेदी तथा सचिवमा हरिश न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ ।

सहसचिव भने जिल्ला कमिटि बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिए । सहसचिव बाहेकका अन्य पदाधिकारी र सदस्यहरु भने सर्वसम्मत चयन गरिएको हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...