महाकालीमा डुबेर एक बालिकाको मृत्यु, अर्की बेपत्ता

spa1
Nisharg hospital

बैतडी । महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने अर्काी बालिका बेपत्ता भएकी छन् ।

swostik

बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड भने बेपत्ता भएकी छन् ।

kailali model

शिवनाथ–१ कुस्मतघाटस्थित महाकाली नदीमा शनिवार बिहान नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएको खबर पाएपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरेका थिए । सो क्रममा उनलाई मृत अवस्थामा फेला पारेको थियो ।

adv khaptad

बेपत्ता अस्मिताको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...