
धनगढी । सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीमा पत्रकारहरूसँग अन्धविश्वासबारे समालाेचनात्मक बहस सम्पन्न भएकाे छ ।

सामाजिक कुप्रथाबारे लेखिएकाे शल्यक्रियाका लेखक सञ्जय खड्का र पत्रकार समेत रहेकी लाेग्शरी कुँवरकाे उपस्थितिमा प्रेस क्लब धनगढीले कार्यक्रम आयाेजना गरेकाे थियाे ।
कार्यक्रममा धनगढीमा क्रियाशिल पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे ।

लेखक खड्काले कुरिति, कुसंस्कार र अन्धविश्वासका कारण समाज विकासमा अवराेध सिर्जना भइरहेको भन्दै त्यसबारे आवाज बुलन्द गर्न आवश्यक रहेकाे बताए ।
उनले खाेजी पत्रकारिताकाे माध्यमबाट यस्ता कुरिती, कुसंस्कारकाे भण्डाफाेर गरि उजागर गर्न पनि आग्रह गरे ।
शल्यक्रियामा समाजमा व्याप्त बाेक्सी लगायतका महिलामाथि हुने कुसंस्कार र कुप्रथाकाे चिरफार गरिएको छ ।
