धनगढीमा सडकमा हिड्ने मानिसलाई हैरानी दिने ६ जनाा तेस्रो लिङ्गी पक्राउ

Dhangadhi

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सडक हिड्ने मानिसहरुलाई अनावश्यक दुःख दिएको भन्दै ६ जना तेस्रो लिङ्गीलाई पक्राउ गरिएको छ ।

Nisharg hospital

धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित सडकमा हिडडुल गर्ने मानिसहरुलाई अनावश्याक हैरानी दिएको गुनासोपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

add krishi mela

पक्राउ पर्नेमा पर्साको बिरगञ्ज महानगरपालिका–४ घर भएका २५ वर्षीया उर्मिला थापा, धनगढी उपमहानगरपालिका –६ बस्ने १९ वर्षीय रेनु सिंह ठकुरी, गौरीगंगा नगरपालिका–५ बस्ने १८ वर्षीया पारु ठकुरी, १९ वर्षीया अनु मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

ok

यस्तै, कञ्चनपुरको पुर्नवास नगरपालिका–१० बस्ने १९ वर्षीया निशा खड्का र बझाङको जयपृथ्वी नगरपालिका–१० बस्ने १८ वर्षीया निशा बोहरालाई पनि पक्राउ गरिएको उनले बताए ।

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...