
धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि करीब साढे ९५ करोड बराबरको बजेट ल्याएको छ ।

सोमबार नगर उपप्रमुख भोजबहादुर बमले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरे ।
कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी बजेट सार्वजनिक गरिएको छ ।

उपप्रमुख बमले कुल ९५ करोड ४५ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गरे । पुँजीगत र चालु गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको नगरपालिकाका प्रवक्ता विष्णुप्रसाद भाटले बताए ।
