कञ्चनपुरको भीमदत्त नगरपालिकाले ल्यायो एक अर्ब ९५ करोड बजेट

Nisharg hospital

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्ष ०८१/८२का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ ।

सोमबारको १५ औँ नगर सभा बैठकमा एक अर्ब, ९५ करोड ६९ लाख, ३३ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ ।

नगर प्रवक्ता पदमराज अवस्थीले सभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् । उनले आन्तरिक आय तर्फ ३० करोड हुने अनुमान गरिएको बताए ।

वित्तिय समानुकिरण संघीयतर्फ २४ करोड, ४१ लाख, प्रदेश तर्फ २ करोड ४० लाख, संघीय तर्फ शसर्त अनुदान ५८ करोड, १३ लाख, प्रदेश तर्फ १करोड, ९८ लाख, संघीय तर्फ राजस्व बाँडफाँड १८ करोड, ७ लाख, प्रदेश तर्फ ८४ लाख, संघीय तर्फ समपुरक ७५ लाख, प्रदेश तर्फ १ करोड ८६ लाख, संघीय तर्फ विशेष अनुदान १ करोड, प्रदेश तर्फ ५० लाख, समाजिक सुरक्षा ५२ करोड, ५० लाख, सर्डक बोड १ करोड, क्षेत्रीय शहरी विकास आयोजना २४ लाख र नगद मौज्दात २करोड आयतर्फ प्रस्तुत गरिएको छ ।

आन्तरिक आयबाट खर्च हुने चालुमा २१ करोड, वडा कार्यालय चालु ७० लाख, विषयत शाखा कार्यक्रम ३ करोड, २५ लाख, नगर विकास कोष १ करोड, भारतीय राजदुताबास म्याचिङ्ग तर्फ २ करोड, विभिन्न कोष तर्फ ४ करोड ५० लाख, राजस्व बाँडफाँड तर्फ वडा कार्यालय चालु ७० लाख, पालिका १८ करोड, ११ लाख र अन्य चालु म्याचिङ्ग १० लाख विनियोजन गरिएको छ ।

पुँजिगत खर्च तर्फ वडातर्फ पँुजिगत १२ करोड ६० लाख, विषयगत शाखा ७५ लाख, सार्वजनिक सरचना मर्मत कोष ५० लाख, नगरस्तरिय पुजिगत आयोजना तर्फि ४ करोड, ४४ लाख, पुँजिगत म्याचिङ ७ करोड, ५२ लाख, शसर्त अनुदान खर्च ६० करोड, ११ लाख, समपुरक अनुदान २ करोड, ६१ लाख, सडक बोड तर्फ १ करोड र शहरी विकास आयोजना तर्फ २४लाख विनियोजन गरिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...