धनगढीमा ‘शास्त्री होटल’ चलाउने शास्त्री बाजे, जो २ रुपैयाँमै खाना खुवाउँथे

Rojgar mela

धनगढी । तपाईले धनगढीका होटलहरुमा खाना खानुभएकै होला । यहाँका समान्यदेखि विशिष्ट खालका होटलहरुमा खाना सेट कसरी पाइन्छ ? १०० रुपैयाँ, १५०, रुपैयाँ, २०० की २५० रुपैयाँ ? अथात् ३०० रुपैयाँ ?

Nisharg hospital

अपवाद बाहेक धेरैजसो होटलमा भेज खानाको कम्तीमा पनि २५० रुपैयाँ लिने गरिन्छ तर कुनै बेला धनगढीमै २ रुपैयाँमा भेज खाना पाइन्थ्यो । यो भन्दा तपाई पत्यार नलाग्न सक्छ तर कुरा साँचो हो ।

धनगढी उपमहानगरपालिका–१ का यज्ञराज ओझा ८४ वर्षमा हिडिरहेका छन् । पुख्र्यौली घर डोटीको जोरायल गाउँपालिकाको गड्शेरा भएका उनै ओझाले २८ को दशकमा धनगढीमा २ रुपैयाँको खाना सेट बिक्रि गरेका थिए ।

भर्खरै बजार विस्तार भइरहेको धनगढीमा २०२८ सालमा ओझाले जम्माजम्मी पाँच हजार रुपैयाँको लगानीमा शास्त्री होटल सञ्चालनमा ल्याएका थिए । त्यो बेला अहिलेको शिवशक्ति भोजनालय रहेको घरमा शास्त्री होटल खोलिएको थियो ।

ओझाको आफ्नै घर भएका कारण भाडा तिर्नुपर्ने अवस्था थिएन । प्रती खाना सेट २ रुपैयाँमा बिक्रि गर्ने ओझाले चियाको कपको ५ पैँसा लिन्थे । झन्डै ३० वर्षसम्म होटल चलाएका ओझा ५० को दशकमा आइपुग्दा खानाको ५ रुपैयाँ र चिया १५ पैँसामा बिक्रि गरेको सम्झना गर्छन् ।

त्यो पनि तत्कालीन अञ्चलाधिशको सिफारिसमा उक्त शुल्क कायम गरिएको थियो । अर्को रोचक कुरा के छ भने, उनको होटलमा ब्राह्मण, पण्डित र शास्त्रीहरुलाई आफै खाना पकाउने व्यवस्था समेत गरिएको थियो तर त्यसरी पकाएर खाएपनि खाना सेटकै २ रुपैयाँ लिने गर्थे ।
ओझा आफू पनि शास्त्री भएका कारण होटलमा अरु ब्राह्मण, पण्डितहरुलाई विशेष सुविधा दिने प्रबन्ध मिलाएका थिए ।

आफ्नै दाजुभाईको सहयोगमा होटल सञ्चालन गरेका ओझा त्यो बेला ग्राहकहरुको चापाचापका कारण क्षणभर पनि फुर्सद नहुने सम्झना गर्छन् । उनको होटलमा धेरैजसो सुदूरपश्चिमका पहाडी जिल्लाबाट आउने पुरोहितहरु खाना खानेदेखि बाससमेत बसेर जान्थे । उमेरले ८४ मा हिडिरहेका ओझाले विगतलाई सम्झिदा छुट्टै खालको आनन्द महसुस हुने गरेको सुनाउँछन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...