जीवनशैली स्वस्थ राख्न योग तथा ध्यान गर्नुपर्छ : मन्त्री भाट

spa1
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओमविक्रम भाट सरलले योग तथा ध्यानमा ध्यान दिन सबैलाई आग्रह गरेका छन् ।

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको तनाव व्यवस्थापन तथा जीवनशैली परिवर्तन कार्यक्रममा मन्त्री भाटले पछिल्लो समय ध्यान केन्द्रित नहुँदा समस्या पैदा हुने गरेको बताए ।

kailali model
swostik

सबैले आफ्नो जीवनशैली परिवर्तन गर्नु पर्ने अवस्था रहेको समेत मन्त्री भाटले बताए। ध्यान केन्द्रित नहुँदा मानसिक रोगका सिकार हुने परेको सम्मका घटनाहरू आइरहेको उनले सुनाएका थिए ।

adv khaptad

मन्त्री भाटले युवाहरूलाई लागूपदार्थ दुव्र्यसनीबाट टाढा राख्नु पर्ने बताएका थिए । पछिल्लो समय कैलाली कञ्चनपुरमा युवाहरू लागूपदार्थमा परिसकेको भन्दै यस विषयमा ध्यान दिन आवश्यक रहेको बताए ।

सोमवार बिहान देखी सुरु भएको तनाव व्यवस्थापन तथा जीवनशैली परिवर्तन कार्यक्रम मङ्गलवारसम्म जारी रहने छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...