अछाममा करेन्ट लागेर बालकको मृत्यु

धनगढी । अछाममा बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

Nisharg hospital

तुर्माखाँद गाउँपालिका–७ को कालाखोला नजिक वडा नम्बर ६ रानीवन बस्ने १५ वर्षीय बिमल कामीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

मृतक र उनका भाइ झंकर विक तुर्माखाँद गाउँपालिकामा अध्ययन सामग्री किन्न गइरहेका बेला घटना भएको हो । बिमलसँगै गएका झंकर भने सकुशल रहेका छन । मृतक विमल स्थानीय कामेश्वरी माविमा कक्षा ९ मा अध्ययनरत थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...