
बुटवल । रुपन्देहीमा २२ वर्षपछि ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पुनरावेदन अदालत बुटवलको २०५९ सालमा फैसला गर्दा दोषी ठहर गरी जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष १० महिना २९ दिन कैद सजाय तोकिएका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १२ बस्ने बलिराम लोधलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले २२ वर्ष पछि पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा पेस गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही डिएसपी मनोहर प्रसाद भट्टले लोधलाई कैद सजाय भुक्तानको लागि जिल्ला कारागार कार्यालय रुपन्देहीमा चलान गरेको बताए ।
