धनगढीका दुई युवक लागुऔषधसहित पक्राउ

lok8

धनगढी । धनगढीका दुई युवकलाई लागुऔषधसहित पक्राउ गरिएको छ ।

Nisharg hospital

धनगढी उपमहानगरपालिका–३ का १९ वर्षीय आशिषबहादुर धानुक र धनगढी–२ का १९ वर्षीय छत्रबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई कञ्चनपुर प्रहरीले पुनर्वास नगरपालिका–११ भिमबस्तीबाट पक्राउ गरेको हो । दुवै जनाको साथबाट ४७० मिलिग्राम लागुऔषध र उनीहरु सवार एक थान मोटरसाईकल समेत नियन्त्रणमा लिइएको छ ।

दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...